Blogroll

Thursday, December 26, 2013

केही रमाइला तथा उपयोगी नेपाली कम्प्युटर टिप्सहरु ।

गुगलदाईको सहयोगले इन्टरनेटको संजालमा रमाइरहदाँ भेटिएका केही रमाइला तथा उपयोगी कम्प्युटर टिप्सहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ मन पराइदिनुहुनेछ ।

Create a folder without Name

हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः
1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस ।
2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस ।
3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस ।
यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।

Speed of your computer

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।
जसको लागिः

1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस


तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

तपाई लाइ आबस्यक परेको सफ्टवयर  पनि हुन सक्छ तल दियको लिंक मा क्लिक गरेर डाऊनलोड गर्नुहोस यस भित्र १०० वटा भन्दा बढ़ी उपयोगी तथा नाम चलेका   सफ्टवयर  दियको छू सफ्टवयर हरु निम्न लिखित Category  मा आधारित छन

1. Browsers and Plug ins
2. Anti Malware
3. Audio and Video
4. File Sharing
5. Fire walls and Security
6. Massaging and Chat
7. System Tuning
8. CD and DVD Tools
9. Photo and Images
10. Drivers
11. Compression and Back up
12. Office and News
13.Developer Tools
14. Networking and Admin

Multi Login डाउन्लोड गर्नुहोस्

तपाई लाई ठट्टा गर्न कत्तिको मन पर्छ ल आउनुस् अब तपाईंले पनि १०० वटा याहू  आइ डी बनाएर साथिलाई लाई झुक्काउने होईन त याहू को मल्टी म्यसान्जेर (Multi Login) डाउन्लोड गर्नुहोस् अनी एकै जना साथिलाई १० वटा आइ डी बाट च्याट गरि दिमाग खानुहोस् यसको लागि तलको लिन्क मा डबल क्लिक गर्नुहोस् अनी मल्टी मा क्लिक गर्नुहोस् यसको लागी चित्र न १ र २ हेर्नुहोस्  

आफ्नो फोटो को पेन्सिल स्केच आफै बनाउनुहोस्

तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।
यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???
सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला

सदाबहार गीतहरु डाउनलोड गर्नुहोस

Old is Gold भने जस्तै यहाँ केही पुराना गीतहरु राखेको छू जून गीतहरु जती सुन्यो उती सुनु सुनु लाग्छ तपाई पनि डाउनलोड गरी आनन्द लिनूहोस

गीत डाउनलोड गर्न सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As वा  Save Link As गरेर Location दिएर Save गर्नुहोला

घुम्तीमा नआउ है   पर लैजाउ फूलहरु
  फेवा तालको आगनमा लै लै
  कती कमजोर रहेछ
  फूलको थुङगा
  आउ न आउ तिम्रो खुशी
  जती चोट दिन्छौ देउ मायालु
  जहाँ छन बुद्दका आँखा
  पोहर साल खुशी फाट्यो
  एक्लै बस्दा सधैं मलाई
  यि ओठ तिम्रा
  भुलु भुलु लाग्यो मलाई
  जती माया लाए पनि
  ऋतुहरुमा तिमी

Tuesday, December 17, 2013

श्रुति शंबेगबाट पुरुषोत्तम दाहलको उपन्यास 'शान्ता' : Download

 
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"शान्ता"  
लेखक : पुरुषोत्तम दाहल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० कार्तिक २२ गते तदनुसार २२ अक्टोबर २०१३ मंगलबार पुरुषोत्तम दाहलको उपन्यास 'शान्ता' अबदेखीका केही हप्ताको मंगलबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel Shanta written by Purushotam Dahal from Shrutisambeg)
Listen and Download
Episode 1 : (22-10-2013/2070-07-05)

Download :Click Here to Download Episode 1
Episode 2 :(29-10-2013/2070-07-12)

Download :Click Here to Download Episode 2
Episode 3 :(05-11-2013/2070-07-19)

Download :Click Here to Download Episode 3

श्रुति शंबेगबाट राजन मुकारुङको उपन्यास "दमिनी भीर" :

 
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"दमिनी भीर" 
लेखक : राजन मुकारुङ
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे


२०६९ वर्ष भरि प्रकाशित कृतिहरुमध्ये बाट राजन मुकारुङको चर्चित उपन्यास दमिनी भीरलाई सर्बोकृष्ट कृतिलाई प्रदान गरिने मदन पुरस्कार प्रदान गरिएको थियो । 

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० असोज १८ गते तदनुसार ०४ अक्टोबर २०१३ शुक्रबारका मदन पुरस्कारप्राप्त कृती राजन मुकारुङको चर्चित उपन्यास दमिनी भीर लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । दमिनी भीरमा मुकारुङले संक्रमणकालीन नेपाली समाजको बस्तुगत अवस्था, मनोबिज्ञान र व्यवहारलाई नौलो शैलीमा प्रस्तुत गर्नु भएको छ । मदन पुरस्कार गुठीका अनुसार सिमान्तीकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याए वापत दमिनी भीर’ शीर्षकको उपन्याका लागि राजन मुकारुङलाई प्रदान गर्ने निर्णय गरियो’ गूठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अबदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । (Listen and Download Damini Veer written by Rajan Mukarang from Shrutisambeg)
Listen and Download
Episode 1 :(04-10-2013/2070-06-18)

Episode 2 :(11-10-2013/2070-06-25)

Download :Click Here to Download Episode 2
Episode 3 :(18-10-2013/2070-07-01)

Download :Click Here to Download Episode 3

Friday, December 6, 2013

नग्न युवती बोक्ने कलाकार अनौठो शौख, पत्नीलार्इ भने नो इन्ट्री

कलाको अर्थ दिन दुई गुना रात चौगुना बदलिँदै गएको छ । आर्ट परफर्मेन्सको नाममा आजकल विभिन्न प्रयोग हुने गरेका छन् । एक पार्ट टाइम कलाकार यस्तै कामले चर्चा र विवादमा आएका छन् ।
Nate-Hill-2
३६ वर्षीय नेट हिल एक स्वघोषित परफर्मेन्स कलाकार हुन् । न्यूयोर्कमा बस्ने नेटले आफ्नो कलालाई ‘ट्रफी स्काटर्स’ नाम दिएका छन् । मिश्रति जातिको रिलेशनशिप देखाउने उनको कलाले समाजिक सञ्जाल प्रयोगकर्ताहरुको ध्यान मात्र तालेको छैन, चर्को विरोध पनि भएको छ । उनले विभिन्न पोजमा नग्न युवती बोकेका छन् ।
उनको इस्टाग्राममा ७ हजार ५ सय फलोअर छन् । तर, आफ्नै श्रीमतीलाई भने उनले ब्लक गरेका छन् । आफ्नो कामबारे थाहा नहोस् भनेर श्रीमतीलाई ब्लक गरेको उनले एक अन्तर्वार्तामा बताएका छन् । मेडिकल ल्याबमा काम गर्ने उनको कला पार्टटाइम शौख हो ।

रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीमा मुसाको चटनी खाएको विषयले निकै चर्चा पाएको थियो । थारु समुदायमा मुसाको चटनीसहितका परिकार बन्नु नौलो होइन । तर, तपाईले कहिल्यै मुसोका कबाबको स्वाद चाख्नु भउको छ ? यदि तपाई यो अनौठो स्वाद चाख्न चाहनुहुन्छ भने भियतनाम भ्रमणमा जानुस् ।
rat kebab
राजधानी हनोर्डको बाहिरी इलाका डान फुआगस्थित रेष्टुँरामा मुसाको व्यञ्जन पाइन्छ । मुसाको मासु यो क्षेत्रको लोकप्रिय परिकार हो । यो देशका विभिन्न स्थानमा फैलने क्रम पनि छ । यसअघि उत्तरी रातो नदी र मेकाङ्ग नदी किनारमा बस्ने मानिसहरुले मात्र मुसाको मासु खाने गरेका थिए ।
यस वर्ष जब खेतमा धान काट्न थालियो । किसानहरु मुसा मार्न पनि व्यस्त रहे । ताकि त्यसलाई बजारमा लगेर केही आम्दानी गर्न सकियोस् । समाचारहरुमा जनाइएअनुसार एक किलो मुसाको मासुको मुल्य एक लाख डांग अर्थात ४/५ डलर छ ।

१२ औं तल्लाको झ्यालबाट आमाछोराको आत्महत्या गर्ने धम्की

‘मलाई कसैले नरोक । म साँच्चै भन्दैछु । म यसलाई मार्छु र आफू पनि मर्छु ।’ तलको तस्वीर उक्त क्षणको हो, जतिबेला एक महिला आफ्नो छोरालाई काखमा लिएर अग्लो भवनको झ्यालमा बसेर भनिरहेकी छिन कि उनी आत्महत्या गर्न गइरहेकी छिन् ।
mother threatened to throw her young son 2
उनको हातमा भएको छोरा ३ वर्षको छ र उनी चीनको सांघाईस्थित एक अपार्टमेन्टको १२ औं तलाको झ्यालमा बसेर उनलाई फाल्न खोज्दैछिन् । उनी निकै कराइरहेकी छिन् र चिच्याउँदै छिन् । पहिले एक्लै झ्यालमा बसेर रुँदै कराइरहेकी यी महिला एकछिनमा छोरालाई पनि लिएर फेरी झ्यालमा झुल्किन्छन र भन्छिन– पहिले यसलाई माछु अनि म आफै हाम्फाल्छु ।’
यस्तो त्रासपूर्ण अबस्थापछि चिनियाँ प्रहरी, अग्नि नियन्त्रक, लगायतको उद्दार टोली १३ औं तल्लामा पुग्छ । एक अग्निनियत्रक ज्यानको जोखिम मोलेर तल्लो झ्यालमा झर्छन जहाँ ती महिला आत्महत्याको धम्की दिँदै बसिरहेकी छिन् । प्रहरी उनलाई रोक्न सफल हुन्छ ।

इमेल र सोसल मिडियाका २० लाख पासवर्ड चोरिए

यदि तपाई फेसबुक,ट्वीटर, गुगल, याहु लगायतका चर्चित इमेल र सामाजिक संजालको प्रयोगकर्ता हुनुहुन्छ भने तुरुन्तै पासवर्ड परिवर्तन गर्नु बुद्धिमानी हुने छ ।
नेदरल्याण्डमा साइवर अपराधिहरुमाथि अनुसन्धान गरिरहेका साइवर सुरक्षा बिशेषज्ञहरुले हालै करिव २० लाख पासवर्ड ह्याक भएको पत्ता लगाएका छन् । पोनी बोनेट नामक  भाइरसका माध्यमबाट बिश्वभर छरिएर रहेका प्रयोगकर्ताहरुको युजर आईडी र पासवर्ड ह्याक गरी सर्भर स्टोर गरेको अबस्थामा बरामद गरेका छन् ।
article-2518710-19DE8C5A00000578-769_634x286यसमध्ये ३ लाख १८ हजार फेसबुक प्रयोगकर्ता, ७० हजार ५ सय जीमेल प्रयोगकर्ता, ५९ हजार ५ सय याहु र २१ हजार ७ सय ट्वीटर प्रयोगकर्ताको एकाउन्ट रहेको बताइएको छ ।
सेक्युरिटी फर्म ट्रष्टवेभका अनुसार बेलायत, अमेरिका, रसिया, सिंगापुर लगायतका मुलुकका प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको पाइएको छ । उसले नेदरल्याण्डका अधिकारीसँग सम्र्पक गरी पासवर्ड स्टोर गरिएको सर्भर बन्द गर्न अनुरोध गरेको डेली मेलले  जनाएको छ ।

कथा- तीन दिन

बिहानै उठ्यो र धुमधुमती, हिजोको दिन सम्झन लाग्यो । हिजो बेलुका एउटा ऊ जस्तै एउटा मान्छेले सुटकेश बेच्यो, खान नपाएर । उसलाई लाग्यो, ‘ऊ’ र ‘ऊ’मा त्यति नै फरक थियो । उससँग सुटकेश थियो, ऊसँग छैन । अनि, उसैले एउटा चुरोट दिएथ्यो । त्यो खाइसकेपछि फेरि ऊ चुरोटका निम्ति छट्पटाउन थाल्यो र सारा कोठामा एउटा सानो ठुटोसम्म नपाएर अलतालिएपछि पंखा चलाएर त्यसै सुत्यो । कतिबेला बिहान होला भन्ने ध्याउन्नभन्दा बढी कोठाको आफूभाथि चलिरहेको पंखा आएर बज्रोस् र अस्पतालमा जान पाइयोस् भन्ने ध्याउन्न रहृयो, उसमा ।
kishore-nepalअस्पताल त ऊ सधैं जान्थ्यो आजकल । उसको आफ्नै एउटा बिरामी त्यहाँ रहेको छ, जसको बारेमा ऊ जहिले पनि जहाँ पनि पूर्वाग्रही हुनसक्छ । बिरामीले कमसेकम कुनै राम्री नर्सलाई ‘प्रेम’ गर्ला भन्ने त छँदैछैन । अस्पतालको सम्झनामा नै कुन्नि कतिबेला ऊ निदायो । बिहानै उठ्यो, एउटा साथीसँग धेरै अनुनय विनयपछि लिएको रुमाल र साबुन बोकेर बाथरुमतिर लाग्यो । हडबडमा ‘अर्धस्नान’ गर्‍यो । सम्झेपछि लप|mक्क भिजेको पाइण्टलाई कोठामा ल्याएर टाँग्यो, एकाध घण्टापछि पंखाको हावाले पाइण्ट सुक्नेछ । र्फकदा ऊ रुमाल बेरेर आएको थियो, बाथरुममा पसेर ढोका ‘लक’ गर्न बिर्सिएछ । एकै छिनपछि पसेकी बंगाल्नी केटी तर्सेर भागेपछि मात्र उसलाई होश आयो- ऊ नाङ्गै छ ।
‘नित्यक्रिया’(?) (प्रश्नचिन्हको आवश्यकता यस निम्ति कि उसका यी ‘क्रिया’ कहिल्यै ‘साविक’ भएनन्) सकेपछि उ अस्पतालतिर लाग्यो । किन ? ‘मोटिभ’का बारे ऊ आफैँलाई थाह छैन । उसको बिरामी बडो ‘स्मार्ट’ भएर बसेको थियो । उसले धेरै गफ गर्‍यो र सन्तुष्टिमा लामो सर्को चुरोट तान्यो । कसैलाई थाहा कि उसले हिजोदेखि चुरोट खाएको हैन ? उसलाई आफ्नो यस्तो दयनीय अवस्थामा पनि चुरोट छोड्न नसक्नुले दिक्क पनि लाग्यो ।

बुलबुल Three in One -215-216-217 Listen and Download

बुलबुल-215-216-217
 BULBUL EPISODE - 215-216-217

Host : Achyut Ghimire

Date :
(23-10-2013/2070-07-06)
FB : Facebook Page शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!

  मिति (
23-10-2013/2070-07-06))
का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode-215-216-217) लिएर उपस्थित हुनुभएको छ ।
Listen Here  
Audio from Chisapani Nepal

Download -Episode217 :click here to Download

                    Download- Episode216-click here to Download
                               Download Episode215: click Here To Download

बहकिने मन- 80 (2070-08-17/02-12-2013) Listen and Download


 BAHAKINE MAN -80
DATE :
 (2070-08-17/02-12-2013)
Time : 9.15pm Every Monday                         
 Host :  Mahabir Biswakarma   
Phone-977-01-550982    
 Facebook :
Bahakine Man
FM: CIN Network

Listen and Download                                 Download: click Here To Download